झापाको बिर्तामोडमा बन्द कोठामा मृत भेटिए युवक
झापा । झापाको बिर्तामोड नगरपालिका–५ स्थित मित्रनगरमा एक युवा बन्द कोठाभित्र मृत फेला परेका छन् ।
बिर्तामोड–५ का २८ वर्षीय चिरञ्जीवी दाहाल रक्ताम्मे अवस्थामा हिजो मृत फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो ।
भित्रबाट ढोका लगाइएको अवस्थामा चिरञ्जीवीलाई आमा र हजुरआमाले बोलाउँदा नसुनेपछि ढोका जबरजस्ती खोलिएको थियो । ढोका खोलेर हेर्दा रक्ताम्मे अवस्थामा फेला परेको र अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेको प्रमुख आचार्यले बताउनुभयो ।
घटनास्थलबाट छुरीसमेत फेला परेको छ । घटनाको प्रकृति हेर्दा आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्