कुवेतमा नयाँ रक्षा मन्त्री र गृह मन्त्री नियुक्त
कुबेत। कुवेतमा नयाँ रक्षा मन्त्री र नयाँ गृहमन्त्री नियुक्त गरिएको छ ।
सरकारले जारी गरेको सूचनाका अनुसार पूर्व सुरक्षा अधिकारी शेख अहम्मद नवाफ अल अहमद अल सवाहलाई प्रथम उपप्रधानमन्त्री तथा गृह मन्त्रीको जिम्मेबारी दिइएको छ ।
त्यसैगरी शेख तलाल खालेद अल अहमद अल सबाहलाई दोस्रो उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीमा नियुक्त गरिएको अधिकारीहरूले जनाएका छन् ।
नवनियुक्त दुवै जनालाई देशको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिइएको पनि अधिकारीहरूले जनाएका छन् ।सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्