तपाईँ सुन्दै हुनुहुन्छः

‘शिक्षक महासङ्घको सहमति कानुनअनुसार कार्यान्वयन हुन्छ’

धादिङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षक महासङ्घसँग गरेको सहमति कानुनअनुसार कार्यान्वयन गर्ने बताउनुभएको छ ।

धादिङको गङ्गा जमुना गाउँपालिकाको शिवालय र तामाङ खर्क माविको भवन उद्घाटन गर्दै मन्त्री पौडेलले शिक्षक महासङ्घसँग गरेको सहमति सङ्घीयता विरोधी नभएको बताउनुभयो ।

‘शिक्षक महासङ्घसँग गरेको सहमतिको विषयमा विभिन्न सवालहरू उठेका छन्’ मन्त्री पौडेलले भन्नुभयो, ‘सङ्घीयताको मर्मअनुसार कानुनसँग नबाझिने तरिकाले कार्यान्वयन हुन्छ ।’

संविधान अनुसार अधिकार दिने विषयमा आफू प्रतिबद्ध रहेको बताउँदै आगामी वर्षदेखि एसइई प्रदेशलाई जिम्मा दिने तयारीमा रहेको बताउनुभयो ।

मन्त्री पौडेलले शिक्षामा बजेटको आकार बढाउने विषयमा प्रधानमन्त्रीसँग पनि छलफल गरेको बताउँदै आगामी वर्षमा बजेटको आकार बढ्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button