एमालेप्रति जनलहर सिर्जना भयो: एमाले अध्यक्ष ओली
मोरङ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले पार्टीप्रति जनलहर सिर्जना भएको बताउनुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटी मोरङद्वारा रंगेलीमा आज आयोजित तराई मधेस बृहत् जनसभामा उहाँले देश र जनतालाई समृद्ध बनाउने सङ्कल्प बोकेर पार्टी अघि बढेको बताउनुभयो ।
उहाँले आफु प्रधानमन्त्री हुँदा मुलुकमा उल्लेखनीय रुपमा विकासको काम भएको दाबी गर्नुभयो ।
कार्यक्रममा रङ्गेली नगरपालिकाका मेयर दिलीप वगडिया, उपमेयर केशवकुमार खराल, तथा वडा न ७ का अध्यक्ष रामचन्द्र मण्डल, वडा न ५ का अध्यक्ष महानन्द मण्डल तथा वडा नं. १ का अध्यक्ष महेश खनाल सहित पाँच हजार बढी एमालेमा प्रवेश गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्