१ लाख बढीको अवैध कपडासहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले भन्सार छली गरी ल्याएको एक लाख भन्दा बढी मूल्य बराबरको अवैध कपडा सहित बुधवार दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्व पश्चिम राजमार्ग स्थित हेटौँडा–१० बाट एक लाख पाँच हजार सात सय मूल्य बराबरको अवैध कपडासहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले पूर्व पश्चिम राजमार्ग स्थित सडक किनारमा शङ्कास्पद रुपमा बसेका पर्सा जिल्ला बीरगंज महानगरपालिका–३ का १९ वर्षीय तवकिर जोगी र वडा नम्बर २ का १८ वर्षीय निराज आलमले ल्याएको झोला चेकजाँच गर्दा अवैध रुपमा भन्सार छली ल्याएको कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिनुभयो ।
उनीहरूको साथबाट कुर्ता सुरुवाल, सुरुवालको थानको कपडा, टावेल लगायतका करिब एक लाख पाँच हजार सात सय रुपैयाँ बराबरको कपडा बरामद भएको उहाँले बताउनुभयो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको सापकोटाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्