तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषध सहित दुई जना पक्राउ

सर्लाही । सर्लाहीमा प्रतिबन्धित लागु औषध सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कबिलासी न.पा. २ बस्ने अन्दाजी ३० वर्षीयको सञ्जय कुमार महतो र कविलासी नगरपालिका वडा नं. १ बस्ने ५४ वर्षीय अहमद अली रहेका छन् । उनीहरूको साथबाट नाईट्भेट १५ पत्तामा ३०० पिस फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

हरिवन नगरपालिका वडा नं. ११ कुश्वाहा मेडिकल नजिक पूर्व पश्चिम लोक मार्गमा खटिएको चेकिङ प्रहरी टोलीले ना.१४प. ७७३० नं.को मोटरसाइकल चेक जाँच गर्ने क्रममा मोटरसाइकलको सिट मुनी कालो प्लास्टिकमा लुकाई राखेको लागु औषध भेटेपछि महतो र अलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button