तपाईँ सुन्दै हुनुहुन्छः

अछामका १० पालिकामा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गरिने

अछाम । आगामी आर्थिक वर्ष २०७९/०८० लागि अछामका १० स्थानीय तहमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन हुने भएको छ ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार उक्त कार्यक्रमका लागि पश्चिम क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रका पालिकामा सरकारले एकीकृत बस्ती विकास गर्नको लागि स्थान छनोट गर्ने प्रक्रिया सुरु गरेको छ ।

मन्त्रालयले अछाम जिल्लाका १० स्थानीय तहलाई पनि एकीकृत बस्तीको लागि स्थान छनोट गर्न पत्राचार गरेको छ ।

एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गर्न १० दिनभित्र स्थान पहिचान गरी पठाउन पालिकाहरूलाई निर्देशन दिइएको मङ्गलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले बताउनु भयो ।

एकीकृत बस्ती विकास गर्नको लागि स्थानीय तहले पठाएको स्थान उचित हुने, नहुने विषयमा अध्ययन गर्नुपर्ने भएकोले आगामी आर्थिक वर्षको योजनाका लागि अहिले नै पत्राचार गरेको हो ।

मन्त्रालयले अछाम सहित देशभरका ११ जिल्लाका ८८ स्थानीय तहलाई एकीकृत बस्तीको लागि स्थान छनोट गर्न पत्राचार गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button