खप्तड प्रकृतिको अनुपम उपहार हो: मन्त्री आले
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको खप्तड प्रकृतिको अनुपम उपहार भएको बताउनुभएको छ ।
खप्तड पर्यटन विकास समितिद्वारा आज आयोजित कार्यक्रममा मन्त्री आलेले सुदूरपश्चिमको चार जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गम स्थल खप्तड प्राकृतिक सुन्दरता रहेको ठाउँ भएको बताउनुभयो ।
मन्त्री आलेले खप्तडसहित देशका विभिन्न क्षेत्रमा रहेका प्रकृतिका अनुपम उपहारको विकास, संरक्षणका लागि आफू लागि परेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्