खुल्ला फुटबल तथा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
रोल्पा । रोल्पामा त्रिवेणी स्पोर्टस क्लब त्रिवेणी गाउँपालिका–५ जुगार रोल्पाद्वारा आयोजित खुल्ला फुटबल तथा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
फागुन २१ गतेदेखि सञ्चालन भएकोमा खुल्ला फुटबलमा ११ टिमको सहभागिता थियो । विजेता आयोजक नै भयो भने उपविजेता मातृभूमि युवा क्लब दाङ र सान्त्वना रोयल बिजौरी दाङ तथा आयोजक बि भए ।
त्यसैगरी खुल्ला ब्याडमिन्टनमा १५ वटा टिमको सहभागिता रहेको थियो । जसमा प्रथम प्रेम प्रकाश पुन र भूपबहादुर के सी, द्वितीय नेत्र मगर र विशाल बोहरा, तृतीय मेखराज घर्ती र चन्द्र बहादुर वली तथा सान्त्वना भुपेन्द्र बहादुर चन्द र विक्रम थापाको टिम भएको छ ।
फुटबल खेलका विजेता पुरस्कार २५ हजार, उपविजेता पुरस्कार १२ हजार ५ सय तथा सान्त्वना पुरस्कार ६ हजार प्रदान गरियो ।
त्यसैगरी ब्याडमिन्टन खेलमा प्रथम पुरस्कार ५, द्वितीय पुरस्कार ३, तृतीय पुरस्कार २ र सान्त्वना पुरस्कार १ हजार थियो ।







प्रतिक्रिया राख्नुहोस्