तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशका मन्त्री आचार्य सवार गाडी दुर्घटना

कास्की  । गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य सवार गाडी दुर्घटनामा परेको छ ।  

तनहुँमा आज बिहान मोटरसाइकललाई जोगाउन खोज्दा तीव्र गतिमा गुडिरहेको मन्त्री सवार गाडी बिजुलीको पोलमा ठोक्किएको हो ।

ग १ झ ६०० नम्बरको स्कार्पियोले साइड लाइट नबाली दायाँतिर सडक पार गर्न लागेको मोटरसाइकललाई जोगाउँदा बिजुलीको पोलमा ठोक्किएको हो ।

मन्त्री आचार्यका स्वकीय सचिव कुमार तिवारीका अनुसार नवलपुरबाट पोखरा फर्किँदै गर्दा दमौलीमा दुर्घटना भएको हो । मानवीय क्षति भने नभएको तिवारीले बताउनुभयो । 

नवलपुरबाट खानेपानी आयोजनाको उद्घाटन तथा शिलान्यास कार्यक्रममा आइतबार सहभागी भएर मन्त्री आचार्य आज बिहान पोखरा फर्किँदै गर्दा गाडी दुर्घटना भएको हो ।  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button