नवलपरासीबाट ५ लाख बढिको अवैध समान बरामद

नवलपरासी।पश्चिम नवलपरासी प्रहरीले सुनवलबाट बसमा लुकाएर लादै गरेको विभिन्न समान नियन्त्रणमा लिएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनवल ७ ज्यामिरेमा चेकजाँचको क्रममा प्रहरीले समान बरामद गरेको हो । पश्चिम तर्फ जाँदै गरेको लु २ ख १९९३ नम्बरको बसमा डिक्की भित्र लुकाएर लादै गरेको माइक्रो ओभेन २ थान, ल्यापटप १० थान, पङखा २८ थान, पानी फिल्टर १ थान, ईन्भटर व्याट्री २ थान र साउण्ड सिस्टम १ थान बरामद गरेको प्रहरीले जनाएको छ । अवैध भनिएको उक्त समानको मूल्य ५ लाख १ हजार ६ सय बराबर रहेको छ ।
त्यसै गरी भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको ४० हजार मूल्य बराबरको १६० किलो माछा प्रहरीले नियन्त्रणमा लिएको छ । सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका वडा नं १ को झरही खोला नजिकबाट माछा समातेको हो । माछा पशु क्वारेनटाइन महेशपुरको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्