चर्च ब्वाईज युनाईटेडद्वारा लगातार दोस्रो जित
काठमाडौँ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत चर्च ब्वाईज युनाईटेडले लगातार दोस्रो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्स सात दोबाटोमा आइतबार भएको खेलमा खुमलटार यूथ क्लबलाई २–० ले पराजित गर्दै ब्वाईजले दोस्रो जित दर्ता गरेको हो ।
चर्च ब्वाईजको जितमा दुवै गोल आशिष चापागाईँले गरे । जितसँगै ६ अङ्क जोडेको चर्च ब्वाईज लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यता दुई खेलबाट समान ६ अङ्क जोडेको श्री भगवती क्लब गोल अन्तरको आधारमा दोस्रो स्थानमा झरेको छ ।








प्रतिक्रिया राख्नुहोस्