तपाईँ सुन्दै हुनुहुन्छः

कार्य सम्पादन मूल्याङ्कनमा अजयमेरु गाउँपालिका देशकै पहिलो

डडेलधुरा । कार्यसम्पादन मूल्याङ्कनमा डडेलधुराको अजयमेरु गाउँपालिका देशकै पहिलो स्थानमा आएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन अनुसार अजयमेरु सबैभन्दा अगाडि देखिएको हो । सय अङ्क भारमा ७० भन्दा बढी अङ्क प्राप्त गर्दै अजयमेरु गाउँपालिका पहिलो नम्बरमा रहेको छ ।

गाउँपालिकाले ७८.६९ अङ्क प्राप्त गरेको छ । त्यस्तै दोस्रोमा मुस्ताङको लो घेकर–दामोरकुण्ड गाउँपालिकाले ७७.११, तेस्रोमा कैलालीको कैलारी गाउँपालिकाले ७६.४९, चौथोमा कञ्चनपुरको भीमदत्त नगरपालिकाले ७६.३८ र पाँचौँमा गुल्मीको धुर्कोट गाउँपालिकाले ७६.५४ अङ्क प्राप्त गरेका छन् ।

कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएकोमा कर्मचारीलाई धन्यवाद व्यक्त गर्दै सुशासन र जनमैत्री पालिका निर्माण गर्ने आफ्नो लक्ष्य पुरा भएको अजयमेरु गाउँपालिका अध्यक्ष उमेश भट्ट विकासले बताउनुभयो ।

कर्मचारी र जनप्रतिनिधिको सामूहिक प्रयासले देशैभर पहिलो भएको भन्दै यो भन्दा अघि नै नमुना गाउँपालिकाको सूचकाङ्कमा समेत अजयमेरु गाउँपालिका घोषणा भएको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button