तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली कांग्रेस सर्लाही अधिवेशन : भोलि मतदान हुने

सर्लाही । सर्लाहीमा नेपाली कांग्रेस जिल्ला कार्य समितिको सभापति र जिल्ला कार्य समितिको पदाधिकारीसहित ९३ पदका लागि भोलि (सोमवार) मतदान हुने भएको छ । 

जिल्ला सभापतिमा संस्थापन पक्षबाट सुरेन्द्रप्रसाद सिंह तथा संस्थापन इतरबाट पूर्व जिल्ला सभापति लक्ष्मण रायले उम्मेदवारी दर्ता गराउनुभएको छ  । 

उपसभापतिमा संस्थापन पक्षबाट दुई जना शेख सदहदुल्ला र डा.सरोज कुमार (राजु) को उम्मेदवारी परेको छ भने संस्थापन इतरबाट नविन अधिकारी र रविनन्दन् चौधरी (पप्पु)को उम्मेदवारी परेको छ । 

त्यस्तै, सचिवमा संस्थापन पक्षबाट निरज कार्की र मनोज यादव तथा संस्थापन इतरबाट नरेन्द्र भट्टराई र कृष्ण राज रायमाझीको उम्मेदवारी परेको छ ।

सर्लाही काँग्रेसमा दुई पक्षबीचको लामो विवादले क्षेत्र नं ४ मा पर्ने बलरा नगरपालिकाको वडा नं ८ गडहीया र वडा नं ९ अचलगढमा काँग्रेसको वडा अधिवेशन नै प्रभावित बनेको थियो । 

नेपाली कांग्रेस सर्लाहीले आज मतदाता नामावली प्रकाशन गरिसकेको छ भने, उम्मेदवारको दरखास्त भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button