तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा आगोमा जलेर एक जना पुरुषको मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकामा आगोमा जलेर एक जना पुरुषको मृत्यु भएको छ । 

मृत्यु हुनेमा फालेलुङ गाउँपालिका–८ याङनाम निवासी ५० वर्षीय लादुके भनेर चिनिने मणि कुमार माङ्मो रहेका छन् । 

मृतक माङ्मो फालेलुङ १ स्थित लालबहादुर तामाङको छोरीको विवाहमा गएका थिए । उनको तामाङकै खोले पकाउने अगेनोमा परि जलेर घटनास्थलमै मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button