दमौलीमा भीषण आगलागी, आगो निभाउने प्रयास जारी (तस्बिरहरू)

तनहुँ । तनहुँको व्यास–४ स्थित दमौलीमा भीषण आगलागी भएको छ ।
दमौली बजारको एक हार्डवेयर गोदाममा बिहान १०ः०० बजेदेखि आगलागी भएको हो । आगो अनियन्त्रित भएपछि बजारवासी त्रसित भएका छन् ।

तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आगो निभाउने प्रयास जारी रहेको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म मानवीय क्षति भएको जानकारी छैन ।
स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको छ । सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौँबाट दमौली प्रस्थान गरेको छ ।

विद्युत् लाइन सर्ट भएको आगो लागेको अनुमान गरिएको छ । हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रङ्ग भएकाले सल्केको आगो छिटो फैलिएको बताइएको छ ।












प्रतिक्रिया राख्नुहोस्