तपाईँ सुन्दै हुनुहुन्छः

मैत्रीपूर्ण खेलमा भारतीय महावाणिज्य दूतावासको टिम २ विकेटले विजयी

बीरगंज | वीरगन्जमा आज सम्पन्न भएको नेपाल भारत मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा भारतीय महावाणिज्य दूतावासको टिमले पर्साको संयुक्त टिमलाई २ विकेटले हराएको छ ।

१२ ओभरको खेलमा पर्साको संयुक्त टिमले ७२ रहको लक्ष्य दिएकोमा दूतावासको टिमले ११ ओभरमा निर्धारित लक्ष्य पुरा गरी २ विकेटले जित हात पारेको छ ।

प्रतियोगितामा एम्बेसीको तर्फबाट भारतीय वाणिज्यदुत नितेश कुमार र शैलेन्द्र सिंहको नेतृत्वको टिम रहेको थियो भने संयुक्त पर्सा टिमको नेतृत्व पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, बीरगंज भन्सारका प्रमुख भन्सार प्रशासक अरुण पोखरेल र प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेज प्रकाश पोखरेलले गर्नु भएको ग्रिन सिटी सामुदायिक केन्द्र आदर्श नगरका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिनुभयो ।

पर्साको संयुक्त टिममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी कार्यालय नेपाल १३ नं. गण वीरगन्ज , २ नं. प्रदेश विपत् व्यवस्थापन गुल्म वीरगन्ज, भन्सार कार्यालय पर्सा,ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगरको सहभागिता रहेको थियो भने मैत्री पूर्ण खेलमा अर्को तर्फ भारतीय महावाणिज्य दूतावास वीरगन्जको टिम रहेको थियो । मैत्री पूर्ण खेल २ नं. प्रदेश विपत् व्यवस्थापन गुल्म वीरगन्जको खेल मैदानमा भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button