झम्सिखेल बराबरीमा रोकियो

ललितपुर । ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत शुक्रबार भएको खेलमा झम्सिखेल युथ क्लब र सरस्वती युथ क्लबले १ – १ को बराबरी खेलेका छन् ।
सरस्वती युथ क्लबका लागी खेलको २१औं मिनेटमा सञ्जीव लामाले गोल गरेका थिए । पहिलो हाफमा थप गोल हुन सकेन ।
दोस्रो हाफमा झम्सिखेलले आक्रामक खेल खेल्यो र खेलको ५८ औं मिनेटमा झम्सिखेलका लागी तीर्थ बहादुर बस्नेतले गोल गर्दै खेल बराबरी गरेका थिए ।
झम्सिखेलले गोल गर्न धेरै प्रयास गरे पनि खेलमा थप गोल हुन सकेन र खेल बराबरीमा सकियो ।








प्रतिक्रिया राख्नुहोस्