‘नेपाली नेतृत्वले युक्रेनलाई देखाएको समर्थन प्रशंसायोग्य’

काठमाडौं । नेपालस्थित विभिन्न कुटनितिक नियोगका प्रमुखहरूले राष्ट्र संघीय मञ्चहरूमा युक्रेनलाई समर्थन गरेकोमा नेपाल प्रति कृतज्ञता व्यक्त गरेका छन् ।

काठमाडौं स्थित बौद्धनाथ स्तुपामा बिहिवार साँझ आयोजित दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले संयुक्त राष्ट्र संघको महासभा र मानवअधिकार परिषद् लगायतका मञ्चहरूमा नेपाली नेतृत्वले युक्रेनलाई देखाएको समर्थन प्रशंसायोग्य रहेको बताउनुभयो ।

नेपालका लागि युरोपेली संघका राजदूत नोना डुप्रेले विषम परिस्थितिमा युक्रेनलाई नेपालले देखाएको समर्थनका लागि संघ आभारी रहेको बताउनुभयो ।
दीप प्रज्वलन कार्यक्रममा सहभागी अमेरिका, बेलायत, अष्ट्रेलिया, जर्मनी, स्विजरल्याण्ड, युरोपेली सघं, दक्षिण कोरिया, जापान, लगायतका देशका राजदूतहरूले युक्रेनमा युद्धको अन्त्य र शान्तिकाे पुनर्बहालीका लागी प्रार्थना गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्