तपाईँ सुन्दै हुनुहुन्छः

माओवादीको केन्द्रीय कमिटी बैठक आजदेखि

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा सुरु हुँदै छ । माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुनेछ ।

११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रकाे आठौँ राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनकाे अधिकार केन्द्रीय कमिटीलाई दिएको थियाे । माओवादीले २४७ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेको छ ।

अब केन्द्रीय कमिटी बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे समीक्षा गर्दै पदाधिकारी चयनबारे छलफल गर्ने ढकालले जानकारी दिनुभयो ।

माओवादिमा स्थायी कमिटी, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँट, केन्द्रीय कमिटीलाई पूर्णता दिन बाँकी नै छ ।

माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button