तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी नदीमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु 

चितवन । नारायणी नदीमा पौडी खेल्न गएका दुई बालकको आज डुबेर मृत्यु भएको छ । 

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चौक बस्ने विमल गौतमको छोरा १० वर्षीय विदान गौतम र परिचय नखुलेका अर्का अन्दाजी १२ वर्षका बालक रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज अपराह्न २ बजे भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नारायणी नदीको जमेको पानीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेका थिए । 

डुबेको अवस्थामा फेला पारी स्थानीयको सहयोगमा उनीहरूलाई भरतपुर अस्पतालमा ल्याइएकोमा चिकित्सकले २ बजेर ३९ मिनेटमा मृत घोषणा गरेका थिए  । मृत्युको  विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button