तपाईँ सुन्दै हुनुहुन्छः

खप्तडमा हेलिटुरमार्फत २५० जनाले गरे अवलोकन भ्रमण

काठमाडौँ । सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा हेलिटुरमार्फत २५० स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन भ्रमण गरेका छन् ।     

नेपाल पर्यटन बोर्ड तथा माउन्टेन हेलिकोप्टर प्रालिसँगको समन्वयमा यही फागुन १ गतेबाट सञ्चालन गरिएको हेलिटुरमार्फत दुई विदेशी पर्यटक तथा २४८ आन्तरिक पर्यटक खप्तड अवलोकनका लागि पुगेको खप्तड होमस्टे झिग्राना तथा खप्तड एड्भेन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काले बताउनुभयो ।     

चिसोको समयमा सुनसानजस्तै देखिने खप्तड क्षेत्रमा यस पटक हेलिटुर सञ्चालन भएपछि पर्यटकलाई अवलोकनका लागि निकै सहज भएको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कँडेलले  जानकारी दिनुभयो बताउनुभयो ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button