एमसीसी परियोजना सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न नेपाल चेम्बर अफ कमर्सको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको परियोजना सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको छ ।
प्रतिनिधिसभाबाट अनुमोदन भइसकेको सो सहयोग सम्झौतालाई एमसीसीको मुख्यालयले पनि स्वीकार गरिसकेकाले अब कार्यान्वयन पाटो चुस्त बनाउन चेम्बरले आग्रह गरेको हो ।
५० करोड अमेरिकी डलर र नेपाल सरकारले १३ करोड डलर लगानी रहने परियोजनाको सफल कार्यान्वयनबाट आगामी पाँच वर्षमा नमुना विकासको आधार प्रस्तुत हुनुपर्ने चेम्बरको भनाइ छ ।
एमसीसी परियोजना अन्तर्गत निर्माण हुने ४ सय केभी क्षमताको शंखरापुर लप्सेफेदी लप्सेफेदी–रातामाटे, रातामाटे–हेटौँडा, दमौली–बुटवल प्रसारण लाइन र सबस्टेसन निर्माणबाट मुलुकको आन्तरिक विद्युत् प्रणाली र अन्तरदेशीय विद्युत् व्यापारका लागि कोशेढुङ्गा साबित हुने अध्यक्ष राजेन्द्र मल्लले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्