तपाईँ सुन्दै हुनुहुन्छः

आज १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु

File photo

काठमाडौँ । देशभर आज १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । 

४ हजार ९ सय २४ नमुनाको परीक्षण गर्दा १ सय ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज संक्रमित ३ सय २० जना संक्रमण मुक्त भएका छन् भने संक्रमित ३ को मृत्यु भएको छ ।

आज १ लाख २४ हजार ७ सय ८८ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button