तपाईँ सुन्दै हुनुहुन्छः

भुर्तेलको आइसिसी टी–ट्वान्टी, ब्याटिङतर्फको वरीयतामा सुधार

काठमाडौँ । नेपालका कुशल भुर्तेलको आइसिसी टी–ट्वान्टीको ब्याटिङतर्फको वरीयतामा सुधार भएको छ ।

वरीयता क्रममा कुशल ८ स्थान माथि उक्लिँदै ३१ औ स्थानमा पुगेका छन् । यस अघि उनी ३९ औँ स्थानमा रहेका थिए । यता दीपेन्द्र सिंह ऐरी भने ४९ बाट स्थानबाट एक स्थान तल झर्दै ५० औँ स्थानमा पुगेका छन् ।

टी–ट्वान्टीको बलिङतर्फको वरीयता क्रममा सन्दीप लामिछाने ३६ औँ स्थानमा आइपुगेका छन् । सन्दीप यस अघि ४३ औँ स्थानमा रहेका थिए । अविनाश बोहरा भने ८६ औँ स्थानमा यथावत् रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button