तपाईँ सुन्दै हुनुहुन्छः

वालिङमा डिजिटल प्रविधिबाट माटो परिक्षण सुरु

स्याङ्जा । वालिङमा डिजिटल प्रविधिबाट माटो परिक्षण सुरु गरिएको छ । वालिङ नगरपालिकाले डिजिटल माटो परीक्षण मिनिल्याब स्थापना गरी सञ्चालनमा ल्याएसँगै माटो परीक्षणका लागी पोखरा धाउनुपर्ने बाध्यता समेत हटेको छ ।

वालिङ नगरपालिकाले कार्यालय परिसरमै आधुनिक प्रविधिसहितको माटो परीक्षण ल्याब सञ्चालनमा ल्याएको नगर प्रमुख दिलीप प्रताप खाँणले बताउनुभयो । माटोमा रहेको उर्वराशक्तिमा ह्रास आउन नदिने र उर्वराशक्तिलाई जोगाई राख्नका लागि प्रयोगशालाले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

नगरपालिकाले प्रयोगशालामा प्रयोग हुने औजार, उपकरण तथा रसायनहरू खरिद गरेको छ । सोमबारबाट सञ्चालनमा आएको प्रयोगशालाबाट निःशुल्क रुपमा किसानहरूले ल्याएको माटोको नमूना परीक्षण गरिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

डिजिटल माटो परीक्षण मिनील्याब सञ्चालनमा आएसँगै माटोमा रहेको पिएच, ईसी, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, सल्फर, जिङ्क, आइरन लगायतका १४ प्रकारका खाद्य तत्त्वहरूको जाँच गरिने कृषि विकास शाखा प्रमुख सुभाषचन्द्र अर्यालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button