तपाईँ सुन्दै हुनुहुन्छः

सेना दिवसमा दौड प्रतियोगिताको आयोजना

जुम्ला । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा जुम्लामा पाँच किलोमिटर दौड प्रतियोगिताको आयोजना गरिएको छ । ४० बर्ष मुनि र ४० बर्ष माथि उमेर समूहका खेलाडीका लागि छुट्टाछुट्टै दौड प्रतियोगिता आयोजना गरिएको थियो ।

जसमा ४० बर्ष मुनिको पाँच किलोमिटर दौडमा पुरुषतर्फ कर्णाली खेलकुद क्लबका प्रकाश कठायत प्रथम, दीपेन्द्र बोहोरा द्धितिय र शेर बहादुर अधिकारी तृतीय भएका छन् ।

त्यस्तै महिलातर्फ कर्णाली खेलकुद क्लबकै कल्पना बुढा प्रथम, राज्यलक्ष्मी रावल द्वितीय र इशारा बुढा तृतीय भएकी छन् । प्रतियोगितामा सहभागी नेपाली सेनाका झन्डै ५० जना बढी खेलाडी हराउँदै कर्णाली स्पोर्ट क्लबका खेलाडी उत्कृष्ट भएका हुन् ।

४० वर्ष माथिका पुरुषतर्फ ५ किलोमिटर दौड प्रतियोगितामा भेषबहादुर बस्नेत प्रथम भएका छन् । द्वितीयमा नेपाली सेनाका सेनानी नारायण लामिछाने र तृतीय हर्क रावत भएका हुन ।

विजेता खेलाडीलाई पुरस्कार सहित प्रमाणपत्र उपलब्ध गराइएको छ । प्रथमलाई ५, द्वितीयलाई ३ र तृतीयलाई २ हजार रुपैयाँ प्रदान गरिएको नन्दा बक्स गणका गणपति रविन थापाले जानकारी दिए ।

बाहिनीपति राजेन्द्र केसीले सेना दिवसका अवसरमा खेलको प्रर्बद्धनका लागि दौड प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button