तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तु सीमा नाका २ दिनका लागि बन्द गर्ने निर्णय

कपिलवस्तु । भारतको उत्तर प्रदेश सिद्धार्थनगर जिल्लामा हुने विधान सभा निर्वाचनका लागि नेपालसँग जोडिएको कपिलवस्तु सीमा नाका २ दिनका लागि बन्द गर्ने निर्णय भएको छ।

कृष्णनगर, मार्यादपुर चाकलचौडा लगायत सीमा नाका फागुन १७ गते मङ्गलवारदेखि फागुन १९ गते बिहीबारसम्म बन्द हुने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

निर्वाचनको ४८ घण्टा पूर्व फागुन १७ गते बेलुकी ६ बजेपछि सुरक्षाका लागि नेपाल आवतजावत गर्न बन्द गरिने प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेयले बताउनुभयो ।

टाढाबाट नियमित रुपमा नेपाल आउने यात्रु भित्रिन सक्नेछन्, निर्वाचन अवधिमा इमर्जेन्सी उपचारका लागि जानुपरे सीमामा रहेका नेपाली सुरक्षा इन्चार्ज मार्फत सीमावर्ती सुरक्षा इन्चार्जसँग समन्वय गरी जान सकिने प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button