सोलुखुम्बुमा १८ हजार मतदाता बढे
सोलुखुम्बु । पछिल्लो समय सोलुखुम्बुमा १८ हजार मतदाता बढेका छन् ।
२०७४ सालको निर्वाचनमा ६१ हजार ८ सय ४५ मतदाता रहेको जिल्लामा १८ हजार ३ सय ८६ मतदाता थपिएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा कुल मतदाता ८० हजार २ सय ३१ पुगेको छ । यो सङ्ख्या दाबी विरोधका लागि निर्वाचन आयोगमा पेस गरिएको छ । जिल्लामा १ सय ३६ मतदान केन्द्र छन् भने १ सय २२ मतदान स्थल निर्धारण गरिएको छ ।
स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक दाबी विरोध कार्यक्रम अन्तरगत सरोकारवालासँग अन्तरक्रिया समेत गरेको छ ।
नामावलीमा दोहोरो नाम परेका मतदाताको विवरण एवम् त्रुटिहरू हटाउने, निर्वाचन घोषणा भएको मितिसम्म सङ्कलित मतदाता नामावलीलाई वैधानिकता प्रदान गर्ने लगायतका विषयमा अन्तरक्रिया केन्द्रित थियो ।
आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन सरोकारवालाको भूमिका समान हुने प्रमुख जिल्ला अधिकारी अनिल खनालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्