तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तहको निर्वाचन कास्कीमा १ सय ५० वटा मतदान स्थल हुने

पोखरा । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लागि कास्कीमा १ सय ५० वटा मतदान स्थल हुने भएका छन् । 

स्थानीय तहको निर्वाचन घोषणा भएसँगै निर्वाचन कार्यालयले मतदान स्थलको टुङ्गो लगाएको हो । 

कास्की जिल्लाभर १ सय ५० मतदान स्थल तोकिएको प्रदेश निर्वाचन कार्यालय पोखराले जानकारी दिएको छ ।

२०७४ सालमा भएको चुनावमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र ३ वटा, प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र ६ वटा भएकोमा त्यसैलाई कायम गरिएको छ भने जिल्लामा ५ स्थानीय तह र ७२ वडा छन् ।

कास्कीमा २ लाख ८१ हजार ९ सय ४० मतदाता छन् । जसमध्ये पुरुषभन्दा महिला मतदाता बढी देखिएको छ । ५३ प्रतिशत महिला र ४७ प्रतिशत मतदाता मात्र पुरुष रहेको प्रदेश निर्वाचन कार्यालयले  जानकारी दिएको छ । जिल्लामा ४ जना तेस्रो लिङ्गी मतदाता रहेको बताइएको छ । 

कास्कीमा १ लाख ४८ हजार ६७ जना महिला मतदाता र १ लाख ३३ हजार ८ सय ६९ पुरुष मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button