मल किन्ने सम्बन्धमा नेपाल र भारतबिच दुई पक्षीय समझदारी
काठमाडौँ । नेपालका लागि रासायनिक मल किन्ने सम्बन्धमा नेपाल र भारत सरकारबिच दुई पक्षीय समझदारी भएको छ ।
सोमवार दुई देशबिच भर्चुअल माध्यमबाट भएको समझदारी पत्रमा नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा र भारत सरकारको तर्फबाट रसायन तथा मलखाद मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदीले हस्ताक्षर गर्नुभएको छ ।
हस्ताक्षर कार्यक्रममा नेपालको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थिति रहेको थियो ।
समझदारी अनुसार भारत सरकारले आगामी ५ वर्षका लागि नेपाल सरकारलाई प्रत्येक बर्ष छुट्टा छुट्टै परिणाममा युरिया र डिएपी मल उपलब्ध गराउनेछ ।
समझदारी अनुसार भारत सरकाले आगामी ५ वर्षमा नेपाललाई बर्षेनी छुट्टा छुट्टै परिणाममा ९ लाख ३५ हजार मेट्रिक टन मल उपलब्ध गराउने छ ।
उक्त भर्चुअल कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव, भारतको रसायन तथा मलखाद मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदी र नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले नेपाल भारत सम्बन्धका विभिन्न आयामबारे प्रकाश पार्दै यस समझदारीले दुई देशको परस्पर सम्बन्ध थप प्रगाढ बनाउन मद्दत गर्ने विचार व्यक्त गर्नुभयो ।
समझदारीमा उल्लेख भए बमोजिम दुवै देशको तर्फबाट संयुक्त निर्देशक गठन गरी छिट्टै प्रक्रिया सुरु गर्न दुवै पक्ष सहमत भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्