तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आयोगमा ८० दलद्वारा निवेदन दर्ता

काठमाडौँ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा ८० वटा दलले निवेदन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले दिएको दल दर्ताको अन्तिम समय सीमा फागुन १५ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि निवेदन दिने दलको सङ्ख्या ८० पुगेको निर्वाचन आयोगले जनाएको छ ।

file photo

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको लागि आवश्यक मतपत्र छपाइका लागि आवश्यक कागज खरिदको सम्झौता सम्पन्न भएको, मतदान केन्द्रमा आवश्यक सामग्रीहरूको खरिद व्यवस्थापन गर्न सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिइएको जनाएको छ ।

यस्तै, निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मितव्ययी रुपमा सम्पन्न गर्न वैशाख १० गतेसम्ममा सबै नागरिकलाई पूर्ण खोप लगाउने व्यवस्था गर्न, प्रभावकारी सुरक्षा लगायतको व्यवस्थापनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई लेखि पठाउने निर्णय गरिएको पनि निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button