तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशमा पहिलो र दोस्रो डोज लिनेको सङ्ख्या ६५ प्रतिशत

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा नियमित रुपमा खोप कार्यक्रम जारी भएपछि अहिले खोप लिनेको सङ्ख्या ६५ प्रतिशत पुगेको छ ।

पहिलो तथा दोस्रो डोज लिनेहरूको सङ्ख्या ६५–६५ प्रतिशत पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । अहिले पहिलो तथा दोस्रो डोज लिनेहरूको सङ्ख्या समान भएको मधेस प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

चैत्र मसान्तभित्रमा खोप शत प्रतिशतमा पुर्‍याउने गरी प्रदेशका १ सय ३६ पालिकाहरूमा अभियानको रुपमा नै खोप कार्यक्रम नियमित रुपमा जारी रहेको स्वास्थ्य निर्देशक विजय कुमार झाले जानकारी दिनुभयो ।

कोरोना विरुद्धको खोप अहिले नियमित खोप जस्तै भएका छन् । खोप लिनेहरूको सङ्ख्या बढेसँगै कोरोनाबाट संक्रमित हुनेहरूको सङ्ख्यामा पनि व्यापक मात्रामा कमी आएको छ ।

मधेस प्रदेशमा खोप भण्डारण गृहको निर्माण भएर सञ्चालनमा आएपछि खोपको आपूर्ति पनि सहज भएको छ । खोपको सहजताका कारणले पनि खोप लिनेको सङ्ख्या पनि बढी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button