राष्ट्रपतिद्वारा डा.पन्त र डा.ओलीलाई विज्ञमा नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले डा.महेशराज पन्त (कामपा–१५) लाई इतिहास र पुरातत्त्व क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञमा नियुक्त गर्नुभएको छ ।
त्यसैगरी उहाँले डा .कृष्णप्रसाद ओली (कामपा–४) लाई वातावरणका क्षेत्रमा विज्ञ नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्