तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा कम

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या १० हजारभन्दा कम हुन थालेको छ । 

सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा आठ हजार १३ जना मात्रै नयाँ सङ्क्रमित थपिएका छन् । 

यो सङ्ख्या लामो समयपछिको सबैभन्दा कम भएको र दैनिक सङ्क्रमितहरूको सङ्ख्या पनि धेरै कम हुँदै गएको सङ्घीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका हुन । उनीहरूका अनुसार भारतमा अहिले एक लाख दुई हजार ६०१ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् । 

पछिल्लो एक दिनमा १६ हजार ७६५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै  अहिलेसम्म चार करोड २३ लाख सात हजार ६८६ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको अधिकारीहरूले जनाएका छन् ।  

उनीहरूका अनुसार भारतमा कोरोनाका कारण अहिलेसम्म पाँच लाख १३ हजार ८४३ जनाको मृत्यु भएको छ । 

ती मध्ये ११९ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा भारतमा झन्डै पाँच लाख मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।रासस/एएनआई 

प्रतिक्रिया राख्नुहोस्

Back to top button