तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासीमा ट्रक सहित ९ लाख बढीको अवैध स्याउ बरामद

नवलपरासी ।पश्चिम नवलपरासीमा ९ लाख भन्दा बढीको अवैध स्याउ प्रहरीले पक्राउ गरेको छ ।

प्रतापपुर गाउँपालिका वडा नं. २ गोपिगंजमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको लु १ ख ९८१७ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा ३ सय ९७ कार्टुनमा ७ हजार ९ सय ४० के.जी. अवैध स्याउ सहित ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले बताउनुभयो ।

बरामद गरिएको स्याउको अन्दाजी मूल्य ९ लाख ३२ हजार ९ सय ५० बराबर रहेको छ । इलाका प्रहरी कार्यालय सेमरीबाट प्रहरी नायव निरीक्षक सहित र सशस्त्र प्रहरी सुरक्षाबेस सेमरीबाट सशस्त्र प्रहरी निरीक्षक सहित खटिएको संयुक्त टोलीले स्याउ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेको स्याउ सहित ट्रकलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल बुझाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button