तपाईँ सुन्दै हुनुहुन्छः

२० क्रिकेट खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत युनाईटेड अरब इमिरेट्स (युएई) मा हुने सिरिजका लागि नेपालले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

file photo

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनुभएको हो ।

नेपालले मार्चमा हुने सिरिजमा युएई र पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध खेल्नेछ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध खेल्नेछ । नेपाल र पीएनजीबीचको खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा हुनेछ ।

नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ । नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ । नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ ।

लिग टु अन्तर्गत ७ टिम सहभागी रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button