तपाईँ सुन्दै हुनुहुन्छः

‘एनएसजेएफ–पल्सर स्पोर्टस अवार्ड २०७७’ चैत ८ गते हुने

काठमाडौँ । ‘एनएसजेएफ–पल्सर स्पोर्टस अवार्ड २०७७’ चैत ८ गते काठमाडौंमा आयोजना हुने भएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन मार्फत १८ औँ संस्करणको स्पोर्टस अवार्डको मिति सार्वजनिक गरेको छ ।

एनएसजेएफले विगत वर्षहरूमा भन्दा यस पटक कार्यक्रम फरक ढङ्गले आयोजना गर्ने जनाएको छ । एनएसजेएफले यस पटकको अवार्डलाई दशक अवार्ड अर्थात् दशक अघि नेपाली खेलकुद क्षेत्रमा इतिहास रचेका खेलाडीहरूलाई यो वर्ष सम्मानित गर्ने जनाएको छ ।

एक दशक अघिका उत्कृष्ट खेलाडीहरू यस पटक दशक अवार्डका लागि मनोनीत हुनेछन् ।

सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेशल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड तथा पिपल्स च्वाइस अवार्ड गरी ८ विधामा मनोनयन हुने एनएसजेएफले जनाएको छ ।

दशक अवार्ड भएका कारण सर्वोत्कृष्ट युवा खेलाडीको विधा समावेश गरिएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button