गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सव सुरु
गण्डकी । पोखरा थिएटरको आयोजनामा दोस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव सुरु भएको छ ।
महोत्सवमा गण्डकी प्रदेशका आठ जिल्लाका १२ नाटक मञ्चन हुनेछन् । ती नाटकहरू गन्धर्व नाटक घरमा हरेक दिन तीन वटाका दरले मञ्चन गरिनेछ । ‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्रमुख सहकार्य एवं नेपाल सङ्गीत तथा नाट्य–प्रज्ञा प्रतिष्ठान काठमाडौँ र पोखरा प्रज्ञा–प्रतिष्ठान पोखराले सहकार्य गरेका छन् ।
महोत्सवको पहिलो दिनमा तीन वटा नाटक मञ्चन भएको महोत्सव संयोजकसमेत रहनुभएका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिनुभयो ।
आगामी फागुन १६ गतेसम्म चल्ने महोत्सवको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले उद्घाटन गर्नुभयो ।
गत वर्षदेखि पोखरा थिएटरले गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवको आयोजना गर्न थालेको हो ।








प्रतिक्रिया राख्नुहोस्