हाइड्रोमा गाडी दुर्घटना, चालकको मृत्यु
सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिकेमा निर्माणाधीन एम.डि. दुगड हाइड्रोपावर आयोजनामा सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
लिखुपिके गाउँपालिका–५ पात्तालस्थित उक्त आयोजनाको मिक्स्चर लोड गरेर जाँदै गरेको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा गोरखा सौरापानी–५ का ३० वर्षीय सवारी चालक अर्जुन थेवाली मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो ।
उक्त जलविद्युत आयोजनाको बेचिन प्लान्टबाट अडिट तीनतर्फ जाँदै गर्दा गए राती दुई बजेको समयमा उक्त गाडी सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घटना भएको जानकारी पाएपछि नजिकमा रहेको किन्जा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेर आवश्यक प्रक्रिया अघि बढाएको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्