तपाईँ सुन्दै हुनुहुन्छः

संसद् बैठक १५ गतेसम्मका स्थगित

काठमाडौं ।  प्रतिनिधिसभाको आज बैठक पनि सूचना टाँस गरेर स्थगित भएको छ । बैठक फागुन १५ गते आइतबारसम्मका लागि स्थगित भएको हो ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले संसद् बैठक आइतबार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।

अमेरिकी मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल गर्नका लागि शुक्रबार दिउँसो १ बजे संसद् बोलाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button