तोलामा एक हजारले घट्यो सुनको मूल्य

काठमाडौंं । नेपाली बजारमा शुक्रवार सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँ कायम भएको छ। बिहीबार छापावाला सुन तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज तेजाबी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ।यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँको दरले घटेको छ।
बिहीबार एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार एक हजार तीन सय ३५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्