तपाईँ सुन्दै हुनुहुन्छः

यूक्रेनस्थित भारतीय दूतावासद्वारा नागरिकलाई सावधानी अपनाउन आग्रह

कीभ। यूक्रेनमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतले पुनः आग्रह गरेको छ ।

यूक्रेनको राजधानी किभस्थित भारतीय दूतावासले बिहीबार सन्देश जारी गर्दै यूक्रेनमा हिंसात्मक घटनाको खतरा रहेकाले उच्च सतर्कता अपनाउन तेस्रो पटक आह्वान गरेको हो ।

दूतावासद्वारा जारी सन्देशमा अत्यावश्यक काम बाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन र जहाँ जाँदा पनि आफ्ना महत्वपूर्ण कागजपत्र लिएर हिड्न आग्रह गरिएको छ ।

त्यसैगरी कुनै समस्या परेमा वा अन्यौलता सृजना भएमा तत्काल दूतावासमा सम्पर्क गर्न पनि सन्देशमा सुझाव दिइएको छ ।

दूतावासले यसअघि यूक्रेनमा रुसले आक्रमण गर्ने खतरा रहेकाले तत्काल स्वदेश फिर्ता हुन आफ्ना नागरिकलाई आह्वान गरेको थियो ।

यूक्रेनमाथि रुसले आक्रमण गर्ने चर्चा चलेपछि अधिकांश देशहरूले यूक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फर्किन आह्वान गरेका थिए । कतिपय देशहरुले स्वदेश फर्किने व्यवस्था नै गरिदिएका थिए ।एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button