तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र भारतबीच जलविद्युत् आयोजना निर्माणका लागि कार्यदल बनाउने सहमति

काठमाडौँ । नेपाल–भारत नवौँ ऊर्जा बैठकले नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत् आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति गरेको छ । 

दुई देशका ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको बिहीबार सम्पन्न नवौँ बैठकले संयुक्त रूपमा जलविद्युत् आयोजना निर्माणका लागि कार्यदल बनाउने सहमति गरेको हो । 

कार्यदलमा दुवै देशका बढीमा तीन–तीन सदस्य रहनेछन् । बैठकमा भारतले नेपालको कुनै एक ठूलो आयोजना संयुक्त रूपमा निर्माण गर्ने प्रस्ताव समेत गरेको छ । 

बैठकमा दुई देशबीच मौजुदा प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तर देशीय प्रसारण लाइन, अरुण तेस्रो जलविद्युत् तथा प्रसारण लाइन आयोजना, अन्तर देशीय विद्युत् आयात–निर्यातलगायतका विषयमा छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले जानकारी दिनुभयो । 

बैठकले संयुक्त निर्देशक समितिको बैठकमा न्यू बुटवल गोरखपुर अन्तर देशीय प्रसारण लाइन निर्माणका लागि अप्रिल २०२२ सम्म नेपाल र भारतको संयुक्त कम्पनी स्थापना गर्ने सहमति समेत गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button