तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी र बाग्मती प्रदेशका प्रदेश प्रमुखबीच भेटवार्ता

रुपन्देही । लुम्बिनी प्रदेशका प्रदेश  प्रमुख अमिक शेरचन र बाग्मती प्रदेशका प्रदेश  प्रमुख यादवचन्द्र शर्माबीच लुम्बिनी  प्रदेश प्रमुखको  कार्यकक्षमा भेटघाट भएको छ । 

सातै प्रदेश भ्रमण गर्ने क्रममा बाग्मती प्रदेश प्रमुख बिहीबार लुम्बिनी प्रदेशको भ्रमणमा आउनुभएको हो । 

भेटमा प्रदेश प्रदेशबीचको सम्बन्ध प्रगाढ बनाउन, प्रदेश  प्रदेशबीच सहकार्य र अनुभवहरू साटासाट गरी सातै प्रदेशको प्रदेश प्रमुख कार्यालयको कामकारबाहीमा   एकरूपता ल्याउने विषयमा छलफल भएको थियो । 

प्रदेश प्रमुख सचिवालयका अनुसार भेटघाटमा आजसम्म भएको कामको समीक्षा, नागरिकका आधारभूत विषय उठान र कार्यान्वयनमा सरकारलाई सुझाव दिने, लगायतका विषयमा छलफल भएको थियो ।  

बाग्मती प्रदेश प्रमुख शर्माले लुम्बिनी प्रदेश प्रमुख शेरचनलाई चैतको पहिलो हप्ता बाग्मती प्रदेशमा सातै  प्रदेश  प्रमुखहरूको  भेला वा  बैठक बस्ने गरी आमन्त्रण गर्नुभएको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button