तपाईँ सुन्दै हुनुहुन्छः

खप्तडछान्ना गाउँपालिकामा अपाङ्गतामैत्री गाउँपालिका भवन निर्माण

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिकाले अपाङ्गतामैत्री भवन निर्माण गरेको छ । खप्तडछान्ना गाउँपालिकाले करिब ५ करोड ३९ लाख ५४ हजार ५ सय ५९ रुपैयाँ लागतमा खप्तडछान्ना गाउँपालिका–४ पसल बगर नजिक आफ्नो भवन निर्माण गरिएको हो । 

भवन निर्माण भएपछि कामकाज र सेवा प्रवाह गर्न सजिलो हुने भएको छ । ०७७ साउन देखी निर्माणको काम पाएको विकोइ विल्डस सुर्मा सरोवर जेबीले निर्माण अवधि ३६ महिना भएता पनि १५ महिना अगाडी नै भवन निर्माणको काम सकेपछि हस्तान्तरण तथा भवनको उद्घाटन समेत गरिएको छ । स्थानीय तहमा जनप्रतिनिधिहरू आइसकेपछि भाडाको घरबाट सेवा दिँदै आएको खप्तडछान्ना गाउँपालिकाले आफ्नै भवनबाट सेवा दिने भएको हो । 

गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै भवनबाट केही दिनमा प्रशासनिक काम देखी सेवा प्रवाह एकै ठाउँबाट हुने भएकाले सजिलो हुनुका साथै अपाङ्गतामैत्री भवन भएकाले हुइलचिएर जाने र र्‍याम्प समेत राखिएकाले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि सहज हुने बताउनुभयो । 

उक्त भवनका १३ वटा कोठा, १ सभाहल, र शौचालय रहेका छन् । उक्त भवनका लागी ५ रोपनी निःशुल्क जग्गा दान गर्ने सिदराज रोकाया, जनक रोकाया र रमेश रोकाया लगायतका जग्गा दाताहरूलाई समेत दोसल्ला तथा सम्मान गरिएको थियो, सम्झौता अवधि भन्दा अगाडी भवन र्निर्माणको काम सम्पन्न गरेको भन्दै निमार्ण व्यवसायी दल बहादुर विष्टलाई समेत सम्मान गरिएको छ । भवन अपाङ्गतामैत्री भएकाले आफु जस्ता अपाङ्गता भएका साथीहरूलाई सेवा लिन जाँदा सहज हुने गंगादशहरा अपाङ्गता समितिका अध्यक्ष गजेन्द्र रावलले बताउनुभयो ।  

कतिपय निर्माण व्यवसायी कामको जिम्मा लिएर समयमै भवन निर्माणको काम नसक्ने भए पनि आफूले अवधि भन्दा अगाडि नै भवन निर्माणको काम सकेको र कतिपय ठाउँबाट समयमै काम पुरा गर्ने भएकाले पुरस्कार समेत पाउने गरेको निर्माण व्यवसायी दल बहादुर विष्टले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button