तपाईँ सुन्दै हुनुहुन्छः

पढाउँदा पढाउँदै तनहुँमा शिक्षिकाको मृत्यु

तनहुँ । अध्यापनको क्रममा लडेकी शिक्षिकाको बुधवार बिहान मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी–६ ग्यारसिङस्थित अमरज्योती प्राविमा अध्यापन गराउँदै आएकी २३ वर्षीय टेकुमाया कुमाल एक्कासि लड्नुभएको थियो । 

करिब ११ बजे कक्षाकोठामै लडेपछि उपचारको लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा पुर्याउदा अस्पतालले मृत घोषणा गरेको हो ।  भिमाद–८ सिम्लेकी कुमालले अमरज्योती प्राविमा विगत २ वर्षदेखि निजी स्रोतमा रहेर पढाउँदै आउनुभएको थियो । 

‘कक्षा ३ मा बिहान पढाउँदा पढाउँदै एक्कासि ढल्नुभएको रहेछ, वडा नं. ६ का कार्यवाहक अध्यक्ष बुद्धि बहादुर थापाले भन्नुभयो , तत्काल एम्बुलेन्स मगाएर अस्पताल पुर्याउदा मृत्यु भइसकेको पुष्टि भयो ।’  शव पोष्टमार्टका लागि दमौली पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button