घोडा हिउँमा चिप्लिएर लड्दा बालिकाको मृत्यु
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुमा घोडा हिउँमा चिप्लिएर लड्दा एक बालिकाको मृत्यु भएको छ । खुम्बु पासाङल्हामू गाउँपालिका–३ लासे दोभानमा घोडा हिउँमा चिप्लिँदा दुर्घटना भएको हो ।
बुधवार बिहान आफन्तको घोडामा सवार खुम्बु पासाङल्हामू–४ खुम्जुङका ८ बर्षिया सोनामछुटिन शेर्पा र ९ बर्षिया मिङमा कान्छी शेर्पा गम्भीर घाइते भएका थिए । उपचारका लागि नाम्चे स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटैमा सोनामछुटिन शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
दुई बालिका लुक्लाबाट आफ्नै मामाको घोडामा चढेर खुम्जुङ जाँदै गर्दा घोडा हिउँमा चिप्लिएको हो । मिङमाकान्छी शेर्पाको टाउकोमा चोट लागे पनि खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्