तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन सरकारको अनुरोध

File Photo

काठमाडौँ । सरकारले युक्रेनमा बसोबास गर्ने नेपालीहरूलाई स्वदेश फर्कन अनुरोध गरेको छ ।

अहिले युक्रेनमा विकसित भइरहेको घटनाक्रमको मूल्याङ्कन गरी युक्रेनमा रहेका नेपाली नागरिकहरूले अति आवश्यक परी त्यही रहनु परेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन पनि परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ । साथै, अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण समेत स्थगित गर्न अनुरोध गरेको छ ।

नेपाली राजदूतावास, बर्लिन युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकहरू सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको जानकारी मन्त्रालयले दिएको छ । साथै नेपाली नागरिकलाई समस्या परे वा केही आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिनमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button