तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा प्रसिद्ध कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध लोकगीत सङ्कलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । 

उहाँले आज ट्विट गर्नुहुँदै गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्नुभएको छ । 
उहाँले दुःखको यस घडीमा स्व लामाप्रति उहाँले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ । 

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले आज ट्विट गर्नुहुँदै गायक लामाको असामयिक निधनबाट मुलुकले गीतसङ्गीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको उल्लेख गर्नुभएको छ ।

उहाँले दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । 
गायक लामाको आज बिहान भक्तपुरमा गाडीबाट झर्ने क्रममा असामयिक निधन भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button